News मुख्य समाचार

नेपाल वायुसेवा निगमको टिकट अब अनलाइनबाटै

नेपाल वायुसेवा निगमको टिकट अब अनलाइनबाटै

साउन २ । नेपाल वायुसेवा निगम आइतबारदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले एक समारोहका बीच आइतबार अनलाईन बुकिङ्ग सेवाको उद्घाटन गरे ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिने जनाइएको छ ।

विशेष