News देश

भूकम्प पीडितले एक घण्टामै ट्याक्सी बेचे

भूकम्प पीडितले एक घण्टामै ट्याक्सी बेचे

साउन २ । भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् । गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन् ।

यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन् । यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो ।

यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन् । जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।

भूकम्प पीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ । बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन् । घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ ।

उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ ।

गोरखापत्र

विशेष