विदेश

जम्बु काश्मिरमा गोरखा सैनिकका मेजरको आफ्नै जवानद्वारा विभत्स हत्या

जम्बु काश्मिरमा गोरखा सैनिकका मेजरको आफ्नै जवानद्वारा विभत्स हत्या

भारत प्रशासित जम्बु कश्मिरमा एक जना गोरखा सैनिकका सेनानी (मेजर)को विभत्स हत्या गरिएको छ । मारिनेमा गोरखा सैनिकका मेजर शेखर थापा रहेका छन् । उनको आफ्नै सैनिक जवानले गोली हानेर हत्या गरेका हुन् । 

भारतीय वेबसाइट न्यूज २४ ले ती सैनिक जवानले ‘मेजर थापाले आफूलाई मोबाइलमा धेरै कुरा गरेकाले हपारेकाले रिसको झोंकमा हत्या गरेको’ बताएको उल्लेख गरेको छ । मोबाइलमा धेरै कुरा नगर्न चेतावनी दिएर फर्केका मेजरमाथि उनले अन्धाधुन्द रुपमा गोली प्रहार गरेको र मेजर थापाको घटनास्थलमै मृत्यु भएको सो वेबसाइटले उल्लेख गरेको छ ।

सो वेवसाइटका अनुसार, उनीमाथि पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ ।

विशेष