News

गाउँपालिका र नगरपालिकाबाटै नामावली संकलन हुने

गाउँपालिका र नगरपालिकाबाटै नामावली संकलन हुने

असार - ३ । निर्वाचन आयोगले फोटोसहितको नामावली संकलनका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा आफ्नो टोली पठाउने भएको छ । यसका साथै आयोगल नामावली संकलनको समय पनि बढाएको छ ।

साउन १ गतेबाट १५ गतेसम्म नामावली संकलन गर्ने भनेकोमा राजनीतिक दलहरुको दबाबपछि उक्त अवधिलाई साउन ३२ गतेसम्मलाई बढाएको हो । आयोगको सो निर्णयले सर्वसाधारणलाई थप सहज हुने छ ।

आयोगको मंगलबार बसेको बैठकले साउन १६ गतेदेखि साउन ३२ गतेसम्म गाउँपालिका तथा नगरपालिकाको कार्यालयबाटै नामावली दर्ता र संकलन गरी नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले नामावली संकलन गर्न लागेको हो ।

विशेष