बिदाको दिन पनि मतदाता नामावली संकलन गरिने
साउन ३ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।
सो कार्यको पहिलो दिन आइतबार १०० जना र दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।
यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताए ।
यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ ।