विदेश

साउदीमा छोटो लुगाले बबाल, एक युवती पक्राउ

साउदीमा छोटो लुगाले बबाल, एक युवती पक्राउ

साउन ३ । सोसल मिडियामा मिनिस्कर्ट र छोटो टप्स गएको एक भिडियो पोष्ट गरेका कारण एक युवतीलाई साउदी अरबका अधिकारीले केरकार गरिरहेका छन् ।
खुलुद नामकी यी मोडलले ऐतिहासिक मानिने उशायकिर किलेमा घुमेको भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

सोसल मिडियामा यो भिडियो चर्चाको विषय बनेको छ । केही मानिसहरुले यसलाई रुढीबादी देशमा ड्रेस कोडको उल्लंघन बताउँदै महिलालाई पक्राउ गर्नुपर्ने माग राखेका छन् भने साउदी अरबका केही मानिसहरुले भने महिलाको समर्थन गर्दै ‘यो बहादुरी’ का लागि उनको प्रशंसा गरेका छन् ।

साउदी अरबमा महिलाले सार्वजनिक स्थानमा पूरा शरिर ढाकिने पहिरन लगाउनै पर्ने नियम छ । उनीहरुले आफ्नो टाउकोसमेत ढाक्नुपर्छ । उनीहरुलाई गाडी चलाउने अनुमती छैन र अपरिचित पुरुषसँग दुरी कायम राख्नुपर्छ ।

केही मानिसहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प र उनकी छोरी इभांकासँग खुलूदको तुलना गरे जसले आफ्नो साउदी यात्राको क्रममा न त अबाया लगाए न नै आफ्नो शिर ढाके ।

विशेष