विदेश

भारतको परमाणु हतियारको निशाना अब पाकिस्तान होइन चीन, कुनै पनि बेला प्रहार हुन सक्ने

भारतको परमाणु हतियारको निशाना अब पाकिस्तान होइन चीन, कुनै पनि बेला प्रहार हुन सक्ने

सकिल अख्तर/ बीबीसी- 

भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन् ।

डिजिटल जर्नल ‘आफ्टर मिडनाइट’मा छापिएको यो रिपोर्टमा ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले भारत अब लामो दूरीसम्म मार हान्ने परमाणु बम बनाउन व्यस्त रहेको र यसले दक्षिण भारतदेखि चीनको कुनै पनि भागमा प्रहार गर्न सक्ने दाबी गरेका छन् ।

भारतले परमाणु बम बनाउन प्रयोग गरिने करिब ६ सय किलोग्राम प्लुटोनियम तयार गरिसकेको अनुमान उनीहरूको छ । परमाणु वैज्ञानिकले यति प्लुटोनियमले १ सय ५० देखि २ सयसम्म बम बनाउन पर्याप्त हुने बताएका छन् ।

यी दुवै विशेषज्ञले भनेका छन्, ‘परमाणु बम खसाउने लडाकु विमान र मिसाइलका बारेमा उपलब्ध जानकारीका आधारमा हाम्रो अनुमान छ कि भारतले १ सय २० देखि १ सय ३० को संख्यामा परमाणु बम बनाइरहेको छ ।’ तर भारत अब अलगअलग दूरीसम्म मार हान्ने केही परमाणु मिसाइल बनाउन लागेको छ ।

मुम्बईनजिकै रहेको एक परमाणु रिएक्टरमा प्लुटोनियम तयार गरिन्छ र अब कथित रूपमा प्लुटोनियमका लागि दुई अतिरिक्त रिएक्टरको निर्माणसमेत भइरहेको छ । विशेषज्ञले कलपक्कम परमाणु प्लान्टको इन्दिरा गान्धी सेन्टर फर एटोमिक रिसर्चमा फास्ट ब्रिडर रिएक्टर बनाएपछि भविष्यमा परमाणु बममा प्रयोग हुने प्लुटोनियम तयार गर्ने भारतको क्षमतामा धेरै वृद्धि हुनेछ ।

अमेरिकाका यी परमाणु विशेषज्ञले यस लेखमा भारतको परमाणु कार्यक्रम पारम्परिक रूपमा पाकिस्तानलाई परमाणु हमलाबाट रोक्नका लागि केन्द्रित रहेको तर अब भारतले विकास गरिरहेको परमाणु कार्यक्रमको विस्तार र आधुनिकीकरणले उसको प्राथमिकता अब पाकिस्तान नभएर चीन भएको संकेत मिल्ने उल्लेख गरेका छन् ।

एक शोधकर्ताले चीनका कुनै पनि परमाणु हमलाको जवाफ दिने हैसियत बनाउनका लागि भारत आगामी दिनमा अधिक प्रभावकारी र व्यापक रणनीतिमा रहेको बताएका छन् । ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले यो लेखमा परमाणु बम खसाल्नका लागि भारतसमक्ष यो समयमा सात प्रकारका रक्षा प्रणाली प्रयोगमा रहेको र यिनीहरूमा दुई युद्धक विमान जगुवार र मिराज २००० रहेको उल्लेख गरेका छन् ।

रुसी लडाकु विमान सोखोई र मिग २७ का बारेमा पनि केही विशेषज्ञले परमाणु हतियारका लागि प्रयोग गर्न सकिने भए पनि यसको सम्भावना कम रहेको बताएका छन् । यसका अलवा भारतले अलग–अलग दूरीका लागि जमिनबाट जमिनमा मार हान्ने चार ब्यालिस्टिक मिसाइल बनाएको बताइएको छ । एक ब्यालिस्टिक मिसाइल समुद्रमुनि पनडुब्बीबाट लन्च गरिएको छ ।

पृथ्वी–२, अग्नी–१, अग्नी–२, अग्नी–३ परमाणु हतियारको क्षमता भएका मिसाइल रहेका छन् । यी परमाणु पहिले देखि नै भारतसँग रहेका छन् । भारतले अग्नी–४ को समेत परीक्षण गरिसकेको छ र यो चाँडैनै प्रयोगमा ल्याउनका लागि तयार हुने बताइएको छ । यो ब्यालिस्टिक मिसाइल ३ हजार ५ सय किलोमिटरको दुरी सम्म मार हान्न सक्छ ।

भारतको उत्तरपूर्वी क्षेत्रमा यसलाई तैनाथ गरिएमा बेइजिङ र सांघाईसहित पूरा चीन यसको रेन्जमा हुने दाबी गरिएको छ । भारतको रक्षा अनुसन्धान संस्थान डीआरडीओले पाँच हजार किलोमिटर दुरी सम्म मार हान्न सक्ने अन्तरमहादेशीय व्यालिष्टिक मिइसाइल अग्नी–५ को निर्माण गरिरहेको छ ।

हमलाका लागि अधिक दुरीको क्षमता हुनुका कारण अग्नी–५ लाई भारतका दक्षिण राज्यमा तैनाथ गर्न सकिने छm जहाँबाट चीनका कुनैपनि क्षेत्रमा मार हान्न सकिन्छ र चीनको जवाफी हमलाका लागि पनि धेरै दुरीमा हुनेछ ।

भारतले अग्नी–६ निर्माणको काम समेत सुरु गरेको रिपोर्ट छ । यसका बारेमा अहिले सम्म कुनै जानकारी भने छैन । तर सरकारको प्रेस इन्फरमेशन ब्युरो (पीआईबी) को वेबसाइटमा प्रकाशित लेखमा यो मिसाइल ८ हजार देखि १० हजार किलोमिटर सम्म मार हान्न सक्ने र यसलाई पनडुब्बी जनिम दुवै स्थानबाट लन्च गर्न सकिने दाबी गरिएको छ ।

विशेष