विदेश

भारत र रसिया मिलरे पाँचौँ जेनेरेशनको शक्तिशाली फाइटर एयरक्राफ्ट निर्माण गर्दै

भारत र रसिया मिलरे पाँचौँ जेनेरेशनको शक्तिशाली फाइटर एयरक्राफ्ट निर्माण गर्दै

साउन – ४ । भारत र रसिया मिलेर पाँचौँ जेनेरेशनको फाइटर एयरक्राफ्ट (एफजिएफए) निर्माण गर्ने भएका छन् । यस विषयमा दुबै देशबीच छिट्दै सम्झौता हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय रसियन उच्च अधिकारसँग एफजिएफए निर्माणका विषयमा लामो समयदेखि कुरा चलिरहेको बताइएको छ । रोस्टेक स्टेक कारपोरेशनका सिइयो सर्गेई शेमेजोवका अनुसार सो एयरक्राफ्ट निर्माण गर्नका लागि लाग्ने खर्चका बारेमा छिट्टै निर्णय हुने छ ।

उनले भने ‘एफजिएफए निर्माणका लागि दुबै देशबीच अबौँ गर्ने छन् । अहिलेसम्म यसको पहिलो चरणको काम सकिएको छ र दोस्रो चरणको कामका बारेमा कुरा भएरहेको छ । मेरो विचारमा छिट्टै सबै कुराको निर्णय गरिने छ र दुबै देशले उक्त प्रोजेक्टमा हस्ताक्षर गर्ने छन् ।’

भारतीय सरकार स्रोतका अनुसार एफजिएफए स्वरुप र अन्य विषयमा पहिलो चरणको काम पूरा भएको छ । उनले यसको सम्झौताको लागि फाइलहरु तयार भएरको समेत जानकारी गराएका छन् । भारतीय एक उच्च अधिकारीका अनुसार एफजिएफए भारत र रसिया दैबु देशबीचको स्वमित्व हुने छ ।

विशेष