विदेश

टर्कीको मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने

टर्कीको मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने

 

साउन - ४ । टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले मन्त्रिपरिषद्मा व्यापक फेरबदल गर्ने बुधबार घोषणा गरेका छन् । राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्ने घोषणा गरेका हुन् । 

स्थानीय समयानुसार बुधबार मध्याह्न १२ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा आकस्मिक भेटवार्ता भएको थियो । मन्त्रिपरिषद्मा हेरफेर गरेपछि एर्डोगानले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ ।

विशेष