News अर्थ

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

साउन ४ । महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ ।

सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित नेपाली नियोगहरुलाई निर्देशन दिएको छ ।

महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए । कर्मचारीको विदेश भ्रमण र सफ्टवेयर विकासमा लाखौं रुपैंयाँ खर्चेर सन्चालनमा ल्याइएको सफ्टवेयर आठ महिनामै विग्रेपछि नेपाली नियोगलाई राजस्व सम्बन्धी हिसाब राख्न अहिले अफ्ठ्यारो परेको छ ।

केही नियोगले ‘अनलाइन इन्ट्री’ गरिसकेको हिसाबको विल सुरक्षित नराखेकाले पुनः हिसाब देखाउन कठिन हुने परराष्ट्र स्रोतले बतायो ।

नागरिक

विशेष