News

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा सम्मान नलिने घोषणा

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा सम्मान नलिने घोषणा


साउन ५ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ’त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार गरेका छन् ।

दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्रिमूर्ति निकेतनले प्रदान गर्ने भनिएको ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ग्रहण नगर्ने निर्णय गरेको जनाएका छन् । ’पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो’ विज्ञप्तिमा भनिएको छ, ’त्रिमूर्ति निकेतनको इतिहास, विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धी स्रस्टाहरुले देखाएको चासोलाई ध्यान दिँदै अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवादसहित सम्मान र पदक नलिने निर्णय गर्नुभएको छ ।’

अध्यक्ष दाहालले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोको प्रति पनि उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष दाहालले खेलेको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

त्रिमूर्ति निकेतनले आगामी भदौ ३ गते सम्मान गर्ने तयारी गरेको थियो ।

विशेष