व्यापार

आलु बिक्री नहुँदा किसान समस्यामा

आलु बिक्री नहुँदा किसान समस्यामा

साउन ५ । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।

सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी संस्थामार्फत २५ मन आलुको बीउ ३२ परिवारले रोपेका थिए । जनकदेव जातको रातो आलु र खुमल जातको सेतो आलु सहकारीमार्फत ल्याएर किसानले रापेका थिए ।

जौबारीस्थित कृषि अनुसन्धान केन्द्रबाट ल्याएको आलुको बीउको उत्पादन पर्याप्त भएपनि भित्र खोक्रो हुनेलगायतका समस्याका कारण स्थानीयस्तरमा उत्पादन हुने आलुभन्दा कम बिक्री भएको कृषकले बताएका छन् ।

आलु विकास केन्द्रका जेटिए बालमुकुन्द पैकारा रासायनिक मलको प्रयोगबारे जानकारी नहुँदा आलुमा विभिन्न समस्या देखिएको बताउँछन् । एक किलो बीउबाट २२ किलोसम्म आलु उत्पादन भएको छ । स्थानीयस्तरमा उत्पादन भएको आलु एक मन ९४० किलो० रु एक हजार १०० मा घरबाटै बिक्री हुने गरेको जमुनाका कुमार गुरुङ बताउँछन् ।

“आलु बिक्री गरेर नै घरखर्च चलाउनुपर्ने बाध्यता छ, तर बिक्री नहुँदा समस्या भएको छ,” उनले भने ।

Farmers

विशेष