News

आयोगद्वारा तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

आयोगद्वारा तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

साउन – ५ । निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका आयोगले सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार २१ गते १० बजेदेखि मनोनयन दर्ता गर्ने र त्यसै दिन उम्मेदवारको सूचि प्रकाशित गर्ने, २२ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने, २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने, २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र असोज २ गते मतदान गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो चरणमा प्रदेश नं. २ का आठ जिल्लाका १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको हो । मतदान असोज २ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।

 

विशेष