विदेश मुख्य समाचार

भारतको राष्ट्रपतिमा भाजपा नेता रामनाथ कोविन्द विजयी

भारतको राष्ट्रपतिमा भाजपा नेता रामनाथ कोविन्द विजयी

साउन ५ । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले उल्लेख्य मत पाए । 

कोविन्दले ६५.३५ प्रतिशत मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मतमा चित्त बुझाउनु प-यो । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले मात्र ३ लाख ६७ हजार ३ सय १४ मत पाएकी छन् ।

१४ औं राष्ट्रपतिमा निर्वाचित कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य भइसकेका छन् ।

विशेष