News

ठमेल र पोखरा २४ सै घण्टा खुलाउन सुरक्षित - गृहमन्त्री

ठमेल र पोखरा २४ सै घण्टा खुलाउन सुरक्षित - गृहमन्त्री

 

साउन - ५ । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको  उद्घाटन गर्दै उनले भने, 'मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।'

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रमा मौलाएको राजनीतिको अन्त्य गरी पर्यटकीय पूर्वाधार निर्माणतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाललगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ ।

 

 

विशेष