विदेश

राख्दै गरेको बम विस्फोट भएपछि...

राख्दै गरेको बम विस्फोट भएपछि...

साउन ५ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा इस्लामिक स्टेटका लडाकूले एक सडकको किनारमा बम राख्दैगर्दा विस्फोट भएपछि सात जनाको ज्यान गएको छ । अपरिपक्क बम विस्फोटमा परी इस्लामिक स्टेट्स (आइएस) समर्थक सातजना आतङ्ककारी मारिएका स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

पचिगाम जिल्लाको गोदारी गाउँमा मङ्गलबार आतङ्ककारीहरुको एक समूहले सुरक्षाबललाई लक्ष्यगरी बनाइरहेको बम विस्फोट हँुदा ती आतङ्ककारी मारिएका हुन् । अपरिपक्क अवस्थामा रहेको सो बम विस्फोटमा परी घटनास्थलमा नै बम राख्दै गरेका सात आइएस आतङ्ककारी मारिएका स्रोतले जानकारी दिएको छ । 

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा सक्रिय रहेका आइएस आतङ्ककारीहरुले यस घटनाको विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

विशेष