विदेश

टर्की र ग्रीसको सीमामा शक्तिशाली भूकम्प

टर्की र ग्रीसको सीमामा शक्तिशाली भूकम्प


साउन ६ । ग्रीस र टर्कीको सीमास्थित इजियन सागर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ ।

टर्की तथा ग्रीसको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको हो ।

भूकम्पमा परेर ग्रीसको कोस आइल्याण्डमा दुई जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेमा ग्रीसको कोस आइल्याण्डमा रहेका कम्तिमा १ सय २० तथा टर्कीका ७० जना रहेको बताइएको छ । ग्रीस तथा टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य भूकम्पका कारण बढी प्रभावित भएका छन् । 

विशेष