News

पूर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज हुने

पूर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज हुने


साउन ६ । तीन दिन अघि मुटुमा समस्या आएछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह ३ बजे अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

बुधबार भर्ना भई कोरोनरी एन्जियोप्लास्टी गराई स्टेन्टसमेत हालेका शाहको स्वास्थ्य सामान्य बन्दै गएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको पूर्वराजा स्वकीय सचिव फणीन्द्र पाठकले बताए । उनले भने, ‘अहिले उहाँको स्वास्थ्य सामान्य अवस्थामा पुगिसकेको हुनाले उहाँलाई चिकित्सकहरुले डिस्चार्ज गर्ने तयारी गर्दै हुनुहुन्छ। अब उहाँ निर्मल निवासमै गएर आराम गर्नुहुन्छ।’

शाहको उपचारमा मुटुरोग विशेषज्ञ डा भट्ट नेतृत्वमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न छन् ।

विशेष