News

अन्नपूर्ण पोष्टका प्रधान सम्पादक घिमिरेद्वारा पदबाट राजीनामा

अन्नपूर्ण पोष्टका प्रधान सम्पादक घिमिरेद्वारा पदबाट राजीनामा

साउन – ६ । अन्नपूर्ण पोष्टका प्रधान सम्पादक युवराज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन् । लेखक तथा टिप्पणीकारसमेत रहेका घिमिरेलाई थ्रीएनआई पब्लिकेसनले अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका लागि २०७१ असारदेखि प्रधान सम्पादकको रुपमा नियुक्त गरेको थियो । 

उनले करिव ३ वर्षदेखि अन्नपूर्ण पोष्टको प्रधानसम्पादकको रुपमा कार्यसम्पादन गर्दै आएका थिए । आफ्नो पदबाट राजीनामा दिनु पर्ने कारण भने उनले खुलाएका छैनन् ।

भारत र बेलायतलगायतका विदेशी सञ्चारमाध्यमको लामो अनुभव बटुलेका घिमिरे नेपालमा पत्रकारिताको यात्रा भने कान्तिपुर दैनिकको सम्पादकको रुपमा सुरु गरेका थिए । उनी काठमाडौँ पोष्ट, समय साप्ताहिक, न्यूज फ्रन्ट, नागरिक दैनिकलगायतका पत्रपत्रिकामा सम्पदाकको रुपमा रहिसकेका छन् ।

नेपालमा सरकारी स्कुल/कलेजमा अध्ययन गरेका घिमिरेको पत्रकारिताको यात्रा भारतबाट सुरु भएको हो । उनीसँग लण्डनस्थित बीबीसी नेपाली सेवामा समेत दुई वर्ष काम गरेको अनुभव छ ।

विशेष