विदेश

कारबाहीमा ९८ तालिबान मारिए

कारबाहीमा ९८ तालिबान मारिए

साउन - ६ । अफगान सुरक्षाबलले बिहीबार बिहानबाट गरेको सुरक्षा कारबाहीमा परी ९८ आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टाभित्र गरेको कारबाहीमा परी ती आतङ्ककारी मारिएका गृह मन्त्रालयद्धारा जारी विज्ञप्ति जनाइएको छ ।

सो समयाअवधिमा अफगान राष्ट्रिय सुरक्षाबलले अफगान शान्ति र स्थायित्वमा शत्रु अर्थात आतङ्कबाद विरुद्ध जारी राखेको कारबाहीमा परी ९८ आतङ्ककारी मारिनुको साथै अन्य ३६ जना घाइते भएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा कारबाहीको क्रममा मारिएकामा प्रायःतालिबान आतङ्ककारी नै रहेका चार जना भने इस्लामिक स्टेट्स (आइएस) लडाकू रहेका जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहताको समाचार नभएको जनाइएको छ ।

विशेष