जस्टिनलाई चीनमा प्रतिवन्ध, कारण यस्तो

जस्टिनलाई चीनमा प्रतिवन्ध, कारण यस्तो

साउन - ६ । क्यानेडियन पप गायक जस्टिन बिबारलाई चीनले प्रतिबन्ध लगाइएको छ । खराब अचरण प्रदर्शन गरेको भन्दै चीनको सांस्कृतिक व्यूरोले उनीमाथि प्रतिवन्ध लगाएको हो ।

चीनको एक मन्त्रालयको हवाला दिँदै बीबीसीले भनेको छ, ‘उनी भगवानको वर्दान पाएका विदेशी युवा गायक हुन् तर उनको खराब अचारणका कारण चीनमा उनलाई मनोरञ्जनात्मक कार्यहरु गर्न अनुमति दिइने छैन ।’

सांस्कृतिक व्यूरोले उनको स्वभाव र भाषामा सुधार गर्न समेत अनुरोध गरेको छ । ‘हामी आशा गर्छौँ उनले आफ्नो स्वभावमा सुधार गर्ने छन्, उनले आफ्नो शब्द र कामलाई पनि सुधार गर्ने छन्, अनि मात्र उनका फ्यानले वास्तविक माया दिने छन्,’ ब्यूरोले भन्यो ।

चीनले प्रतिवन्ध लगाउनेहरुमा तिब्बतीयन धर्म गुरु दलाई लामा, तइवानी प्रिथकतावादी पछि पप गायक बिबारको नाम पनि जोडेको हो ।

संम्बधित खबर

विशेष