News

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

 

साउन - ६ । मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्किएका छन्

थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गरेका थिए ।

विशेष