विदेश

प्रहरी र तस्करबिच गोली हानाहान १९ जनाको मृत्यु

प्रहरी र तस्करबिच गोली हानाहान १९ जनाको मृत्यु


असार १९। मेक्सिकोको उत्तरी राज्य सिनालोआमा गरिएको प्रहरी कारवाहीमा कम्तिमा १९ जना बन्दुकधारी मृत्यु भएको छ । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अन्य ५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो । लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि त्यस क्षेत्रमा संघर्ष तीब्र बनेको हो ।

प्रहरीले हतियारधारी समूहका चार सवारी साधन र १५ राइफल बरामद गरेको समेत जनाएको छ ।

विशेष