News

माई जोगमाईमा एमाले विजयी

माई जोगमाईमा एमाले विजयी

असार १८ । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले पाँच हजार २९५ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसक लोकमाया थेवेले तीन हजार ९४२ मत प्राप्त गरे ।

चौध हजार ८०५ मतदाता रहेको यो गाउँपालिकामा १० हजार ९३५ मत खसेको थियो । छ वटा वडा रहेको माई जोगमाईका दुई वडामा काँग्रेसका उम्मेदवार र अन्य वडामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

विशेष