News

भोजपुरको साल्पासिलिछोमा काँग्रेस विजयी

भोजपुरको साल्पासिलिछोमा काँग्रेस विजयी

असार १८ । भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका महेश राई ६३ मत अन्तरले विजयी भएका छन् ।

जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएरातिको सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेकै धनमाया राई सङ्घीय समाजवादी र काँग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गरेका थिए ।

Nepali Congress

विशेष