News मुख्य समाचार

बन्यो निर्वाचन क्षेत्र निर्धारण आयोग

बन्यो निर्वाचन क्षेत्र निर्धारण आयोग


साउन ६ । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि तोकिएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार आयोग गठन गरिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल नगरिएको बताए ।
यस्तै, बैठकले निवर्तमान मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा पनि स्वीकृत गरेको छ ।

विशेष