विदेश

१० तालिबानको आइएसद्वारा घाँटी रेटेर हत्या

१० तालिबानको आइएसद्वारा घाँटी रेटेर हत्या

असार १८ । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिबान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिबान समूहका १० जना लडाकूको शिर छेदन गरिदिएको छ ।

स्थानीय ‘डेली वेसि’ नामक पत्रिकाले आज आइतबार प्रकाशन गरेअनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई गत बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए ।

उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको सो समाचारमा जनाइएको छ ।

डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकूहरुका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ । यो घटनाका बारेमा अहिलेसम्म तालिबान र आइएस समूहले केही बताएका छैनन् ।

अफगानिस्तानको उक्त भू–भाग आफ्नो नियन्त्रणमा लिन विगत दुई बर्षदेखि तालिबान समूह र आइएस समूहले संघर्ष गर्दै आएका छन् ।

Taliban

विशेष