विदेश मुख्य समाचार

आतंकारी आक्रमणमा १६ सुरक्षाकर्मी मारिए

आतंकारी आक्रमणमा १६ सुरक्षाकर्मी मारिए


साउन ६ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु स्थानीयसञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।

विशेष