News

नपत्याउँदो पारामा  हिट भयो भारतमा नेपाली समाचार (भिडियोसहित)

नपत्याउँदो पारामा  हिट भयो भारतमा नेपाली समाचार (भिडियोसहित)

साउन ७ । केही दिनअघि काठमाडौँको सामाखुसीमा ढलमा बगेकी सत्या सापकोटाको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । त्यस भाइरल भिडियोलाई स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले पनि खुब चासोका साथ हेरेका थिए । तर, भारतीय सञ्चारमाध्यमले भने उक्त समाचारलाई उदण्ड किसिमले प्रचार गरिरहेको छ ।

एउटै समाचारमा सत्याले पानी चालेको पाइलादेखि लिएर उनी नालीमा खसेको घटनालाई व्याख्या गर्दै देखाइएको छ । त्यस्तैगरि भिडियो नेपालकै हो भन्नेबारे सबैतिर छर्लंगहुँदा पनि कार्यक्रम प्रस्तोताले भन्छिन्, ‘यो भिडियो भारतको नभएर छिमेकी देश नेपालको हो ।’

उक्त भिडियोले नेपालको राजधानी काठमाडौंको सडकमाथि कसिलो व्यंग्य हानेको देखिन्छ । काठमाडौंका अन्य ठाउँहरुमा पनि भएका यस्ता अव्यवस्थित ढल र खाल्डाहरुलाई देखाउँदै ती खाल्डाहरु कुलो नालामात्र नभएर मृत्युको घर भएको र जुनसुकै समयमा त्यस्ता ‘डेथ ट्राप’ ले मान्छेको ज्यान लिने बताएको छ ।

">https://www.facebook.com/415716448801873/videos/470390086667842/?autoplay_reason=all_page_organic_allowed&video_container_type=0&video_creator_product_type=2&app_id=2392950137&live_video_guests=0

satya sapkota

विशेष