News

अध्यक्ष ओली तिब्बत प्रस्थान

अध्यक्ष ओली तिब्बत प्रस्थान

 

साउन - ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि शनिबार चीनको तिब्बततर्फ प्रस्थान गरेका छन् । 

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन् । उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्ने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाए । 

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

विशेष