विदेश

फिलिपिन्समा सैनिक कानुन अनुमोदित

फिलिपिन्समा सैनिक कानुन अनुमोदित

 

साउन - ७ । फिलिपिन्समा त्यहाँको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन यहाँका राष्ट्रपतिलाई अनुमति दिएको छ । उक्त क्षेत्रमा यसै बर्षको सुरुदेखि नै सैनिक शासन लाग्दै आएको छ । उक्त शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार गरेका थिए ।

फिलिपिन्सको दुवै संसदको शनिबार बसेको संयुक्त बैठकले सो अनुमति दिएको छ । उक्त क्षेत्रमा आगामी डिसेम्बरको ३१ तरिखसम्म सैनिक शासन लागू गर्ने अधिकार संसदले राष्ट्रपतिलाई दिएको हो । फिलिपिन्समा लगभग संसारकै सबैभन्दा लामो हिंसाका रुपमा यहाँका कम्युनिष्ट विद्रोहीहरुले सशस्त्र विद्रोह गर्दै आएका छन् ।

उनीहरुलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गर्ने र समय समयमा वार्तासमेत गरेको भए पनि वार्ता सफल हुन सकेको छैन । सो सैनिक शासनको व्यापक विरोध गर्दै आएका कम्युनिष्ट विद्रोहीहरुले विरोधस्वरुप गत हप्तामात्र राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि हमला गरेका थिए । सो हमलामा परी उनको सुरक्षामा खटेका अंगरक्षक घाइते भएका थिए ।

विशेष