धरानका मेयरले खानेपानी समस्यालाई चाँडो समाधान गर्ने निर्देशन
योगेशबाबु काफ्ले
विजयपुर/धरानका मेयर तारा सुब्बाले खानेपानी समस्यालाई चाँडो भन्दा चाँडो समाधान गर्ने गरि काम गर्न मातहतका आयोजना तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
बिहिबार धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतले पहिलो बैठक राख्दै मेयर सुब्बाले धरानबासिलाई खानेपानीको अभाबबाट छुटकरा दिन अलिकतीपनि ढिलाई गर्न नहुने भन्दै उनले सम्पन्न गर्न बाकी रहेका कामलाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले धरान –१७ को रेल्वे इन्टेकबाट साउन १५ गतेबाट खानेपानी बितरण गर्नेगरि कार्य गर्न सम्बन्धित बिभाग का कर्मचारीलाई आग्रहपनि गरेका छन् ।पहिलो चरणमा धरान १७ बाट खानेपानी बितरण गर्ने मेयर सुब्बाले बताए ।
त्यसै गरि खानेपानीको रिजर्भ ट्याङकी बनाउने कुरामा बिबाद उठेपछि रोकिएको धरान १४ स्थित बिजयपुर क्षेत्रको समस्या समाधान गर्न सर्बपक्षिय छलफल गर्ने गर्ने उनले बताए । धरानको खानेपानी समस्या समाधानका लागि कही कतैबाट अबरोध पुग्नु हुदैन,खानेपानी जस्तो समस्या समाधानका लागि सबै एक हुनु पर्छ मेयर सुब्बाले भने ।
उनले विजयपुरको पञ्कन्या जंगल क्षेत्रमा देखिएको समस्यालाई समाधान गरेर जाने बताए । अब धरानका सबै वडामा खानेपानी बितरण गर्ने गरि काम हुनु पर्छ कुनै एउटा बिषयका कारण जनताले खानेपानीबाट बञ्चित हुनु हुदैन मेयर सुब्बाले भने । उनले पहिलो चरणमा धरान १७ बाट खानेपानी बितरण सुरु गर्ने बताए ।
साउन १५ भित्र कर्मचारी समायोजन गर्न आग्रह
विजयपुर÷धरानका मेयर तथा धरान खानेपानी बोर्डका अध्यक्ष तारा सुब्बाले शुक्रबार खानेपानी संस्थानका अधिकृतलाई भेटेर साउन १५ गते भित्रमा धरान खानेपानी बोर्ड अन्र्तगत कर्मचारी समायोजन गर्ने गरि वातवरण तयार गर्न आग्रह गरेका छन् ।कुनैपनि समस्यालाई लामो समय सम्म राख्न नहुने भन्दै मेयर सुब्बाले साउन १५ गते भित्र कर्मचारी समायोजन गर्ने गरि वातावरण मिलाउन खानेपानी संस्थान धरानका अधिकृत शैलेन्द्रकुमार शाहलाई आग्रह गरेका हन् ।मेयर सुब्बाले कर्मचारी समायोजनमा देखिएका समस्यालाई समेत समाधान गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
(ब्लाष्ट दैनिक बाट)