News अपराध सुरक्षा

एमाले नेता माधवकुमार नेपालको गाडी तोडफोड, २ कांग्रेस कार्यकर्ता पक्राउ

एमाले नेता माधवकुमार नेपालको गाडी तोडफोड, २ कांग्रेस कार्यकर्ता पक्राउ


साउन ८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो ।

तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।  तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् ।

कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।

विशेष