News

शर्मा अझै हिरासतमै रहने, सर्वोच्चले दियो यस्तो आदेश

शर्मा अझै हिरासतमै रहने, सर्वोच्चले दियो यस्तो आदेश


साउन ८ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दामा आज सर्बोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधिशहरु दिपकराज जोशी, दिपक कुमार कार्की, केदार प्रसाद ालिसे, सरदा प्रसाद घिमिरे र अनिल कुमारसिंहको पूर्ण बृहद इजलाशले विशेष अदालतबाट सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको हो । विशेष अदालतमा पनि मुद्दा चलिरहेकाले त्यहाँबाट फाइल मगाउने निर्णय गरेर आजको सुनुवाइ स्थगित भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । अयोगले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो ।

विशेष