News

दार्जिलिङमा नेपालबाट नुन–तेल

दार्जिलिङमा नेपालबाट नुन–तेल

साउन ८ । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याई–नभ्याई छ ।

पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ ।

महिना दिनयता पूर्वी भारतीय सीमावर्ती बजार पशुपतिनगर र आसपास क्षेत्रमा यही दृष्य दिनहुँ दोहोरिइरहेको छ । बजारमा साताको सोमबार ग्राहकको भीड अरु दिनभन्दा बढी हुन्छ । बाँकी दिन पनि ग्राहकको आउ–जाउ खासै घट्दैन । तर, यहाँ आउने ग्राहक सधैँ झैं लुगाकपडा, भाँडाकुँडा, जुत्ता चप्पल र खेलौना किन्दैनन् । सबै ग्राहकको मेनु एउटै छ–नुन, तेल, दाल, चामल, चिनी, चिउरा, चाउचाउ, मसला, प्याज, तरकारी, पिठो।।

भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असरले पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारी साधनसमेत छिटफुट मात्रै चल्छन् । तर खाद्यान्न पसलमा भने जतिबेलै भरिभराउ ग्राहक ।

आमहड्तालका कारण गाडी नचल्ने भएकाले भारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारिरहेका छन् ।

नागरिक

विशेष