News अर्थ

साझा प्रकाशनमा डोलिन्द्रप्रसादको शर्मा ‘मनपरी’

साझा प्रकाशनमा डोलिन्द्रप्रसादको शर्मा ‘मनपरी’

साउन ८ । भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वार्थ साधानाको थलो बनेको छ। राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सुरू भएको हो।

राज्यबाट बेलाबेलामा करोडौं अनुदान पाउँदै आएको यो संस्थामा मौलाएको भ्रष्टाचारमाथि विरलै ध्यान जाने गरको छ ।

साझाको अवस्था सुधारका लागिपुष्पकमल दाहाल नेतृत्वको सरकारले मंसिर २६ गते मन्त्रिपरिषदबाट निर्णय गरी पुस २४ गते १० करोड रूपैयाँ अनुदान र २० करोड रूपैयाँ ऋण दिएको थियो। त्यो रकमबाट साझाका अधिक कर्मचारीलाई अवकास दिने र ऋण तिर्दै स्तरउन्नती गर्ने भनिएको थियो। तर न कर्मचारीलाई अवकास दिइयो, न बैंकमा रहेको ऋण तिर्ने काम नै भयो।

सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नै नाममा निकासी गरेका छन्।

नागरिक

विशेष