विदेश मुख्य समाचार

अफगानिस्तानमा शक्तिशाली विष्फोट २४ जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली विष्फोट २४ जनाको मृत्यु


साउन ९ ।अफगानिस्तानको राजधानी काबुलमा गरिएको एक आत्मघाती बम विष्फोटमा २४ जनाको मृत्यु भएको छ ।

उक्त विष्फाटमा ४२ जना घाइते भएको अफगानिस्तानका अधिकारीले बताएका छन् । आक्रमणकारीले खानी मन्त्रालयका कर्मचारी बोकेको बस नजिकै आफ्नो कारमा बम विस्फोट गराएका थिए । आक्रमण राजधानी काबुलको पश्चिम भागमा गरिएको थियो ।

विद्रोही समूह तालेबानले आक्रमणको जिम्मेवारी लिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा सन् २०१७ जनवरीदेखि जुनसम्ममा १,६६२ गैरसैनिक व्यक्तिहरुको ज्यान गइसकेको छ । ती मध्ये २० प्रतिशत राजधानी काबुलका थिए ।

विशेष