News मुख्य समाचार

बाग्लुङ जीप दुर्घटनाः ४ को मृत्यु, ६ गम्भीर घाइते, उद्धारका लागि हेलिकप्टर जाँदै

बाग्लुङ जीप दुर्घटनाः ४ को मृत्यु, ६ गम्भीर घाइते, उद्धारका लागि हेलिकप्टर जाँदै

साउन – ९ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन् ।

घाइते हुनेमा वडिगाड वडा नं. ८ का भीम बहादुर शेर्वुजा, टेक बहादुर पाइजा, दीपशीखा पाइजा, ग्वालीचौर ५ का भीम बहादुर श्रीसलगायत रहेका छन् । घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

घाइते मध्ये धेरैको अवस्था गम्भीर भएकाले उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयलाई आग्रह गरेको वडिगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताएका छन् । मन्त्रालयमा हेलिकप्टर मागभएसँगै घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको बाग्लुङ जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

ध १ज १८४ नम्बरको जीप जलजलाबाट बाग्लुङको जलजलावाट खर्वाङतर्फ आउँदै गर्दा ‘ब्रेकफेल’ भइ सडकबाट करिब ७०० मिटर तल खसेको जनाइएको छ । जिपमा ११ जना यात्री सवार थिए ।

विशेष