News

डा केसीले आजदेखि ११ अाैँ अनसन सुरू गरे

डा केसीले आजदेखि ११ अाैँ अनसन सुरू गरे

साउन – ९ । शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी आज (सोमबार)देखि पुनः अनशन सुरु गरेका छन् । डा केसीले सोमबार शिक्षण अस्पतालमा पत्रकारसम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् ।

डा केसीले माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा पारित गर्ने, चिकित्सा शिक्षामा देखिएको अनियमितता रोख्नेलगायतका माग राखेका छन् । यसपटक पुराना र नयाँ गरी ११ बुँदे माग राख्दै उनले शिक्षण अस्पतालमै अनसन सुरु गरेका हुन् ।

सरकारले यसअघि अनसन तोड्दा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनले फेरि अनसन सुरु गरेका हुन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै उनी असभन्दा अघि पनि १० दशौँपटकसम्म अनसन बसिसकेका छन् । उनले योभन्दा अघिल्लो पटकको २२ दिन लामो अनसन बसेका थिए ।

विशेष