News मुख्य समाचार

पहिरोले भोटेकोशीको पुल भाँचियो, चीन जाने बाटो बन्द

पहिरोले भोटेकोशीको पुल भाँचियो, चीन जाने बाटो बन्द

साउन ९ । अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएपछि यातायात आवागमन बन्द भएको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुल ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पुल भाँचिएपछि तातोपानीका बाह्रबिसे आउजाउ गर्नमा समस्या भएको छ । पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको प्रहरी उपरीक्षक अधिकारीे जानकारी दिए ।

लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । ‘नदी आसपासका सबै स्थानीयमा त्रास बढ्दै गएको छ । भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।

विशेष