News

नेम्वाङको स्वास्थ्यमा सुधार

नेम्वाङको स्वास्थ्यमा सुधार

 

साउन - १० । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङको स्वास्थ्य सुधार भएको छ । 

चिनीको मात्रा एक्कासि बढेपछि प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारार्थ भर्ना भएका नेम्वाङको स्वास्थ्यमा सुधार आएको पार्टीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा सुधार आए पनि उनलाई आज दिनभर अस्पतालमा नै राखिने र साँझ घर पठाइन सकिने सम्भावना भएको उनले बताए। डा आरडी जोशी नेम्वाङको उपचारमा संलग्न छन् ।

विशेष