विदेश

भवन भत्किँदा ४ को मृत्यु, ११ घाइते र दर्जनौँ पुरिएको आशंका

भवन भत्किँदा ४ को मृत्यु, ११ घाइते र दर्जनौँ पुरिएको आशंका

 

मुम्बई, १०, साउन । भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा चार व्यक्तिको मृत्यु भएको छ । यस घटनाबाट ११ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताहरुले आशङ्का गरेका छन ।

अग्नी नियन्त्रक कार्यायलका एक अधिकारीका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन । यस घटनामा उद्वार गरिएका ११ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको भारतीय संचार माध्यमले बताएका छन् ।

यो भवन के कति कारण भवन भत्किँएको हो सो कारण हाल पत्ता लागेको छैन । मुम्बईको घाटकोपार क्षेत्र रहेको सो पाँच तल्ले भवन भत्किएको थियो ।
भारतमा भवन भत्किँनु एक साधारण घटनामा रुपमा रहेको छ । बारम्बार यस्तो घटना भएको पाइन्छ ।

सन् २०१३ मा मुम्बईमा गैरकानूनी रुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो । 

विशेष