News Breaking News मुख्य समाचार

बढुवा सूचीमा एक नम्बरमा परेका एसएसपी खनाल उपत्यकाको ट्राफिक प्रमुख 

बढुवा सूचीमा एक नम्बरमा परेका एसएसपी खनाल उपत्यकाको ट्राफिक प्रमुख 

साउन – १० । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाे प्रमुखको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनालले पाएका छन् । यसअघिका उपत्यका ट्राफिक प्रमुख डिआईजी मिङमार लामा थिए ।

डिआईजी लामालाई केन्द्रिय ट्राफिक निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ । खनालले आजैबाट पदभार ग्रहण गरेका छन् । यसअघि उनले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए ।

प्रवक्ता हुनु पूर्व खनालले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुखका रुपमा काम गरेका थिए । अपराध महाशाखामा रहँदा गुण्डा नाइके घैंटेको इन्काउन्टर र नेपाली फुटबलको म्याच फिक्सिङ केसले उनको चर्चा चुलिएको थियो । प्रहरीको बढुवा समितिले गरेकाे सिफारिसमा उनी एक नम्बरमा परेका एसएसपी हुन् ।

विशेष