विदेश

'पुनः १४ जना साउदी नागरिकलाई मृत्यु दण्ड'

'पुनः १४ जना साउदी नागरिकलाई मृत्यु दण्ड'

 

साउन - १० । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामुहिक कारबाही अन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले मङ्गलबार जनाएको छ । 

एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिक विरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाँए तोकिएको थियो । साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी रहेको छ । 

अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ । 

“अरबको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाँय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ,” एम्नेष्टीले बताएको छ । 

“उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको छ,” मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले बताए । 

उनले अदालतको फैसलालाई “अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास” को संज्ञा दिए । “यो राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण” भएको जनाइएको छ ।

विशेष