News मुख्य समाचार

नेपाली भाषामा पढाइ हुने विषयको प्रश्नपत्र नेपालीमै हुनुपर्ने मागसहित सर्वोच्चमा रिट

नेपाली भाषामा पढाइ हुने विषयको प्रश्नपत्र नेपालीमै हुनुपर्ने मागसहित सर्वोच्चमा रिट

साउन १० । सर्वोच्च अदालतमा त्रिभुवन विश्वविद्यालयले नेपाली भाषामा पढाइ हुने विषयको प्रश्नपत्र अंग्रेजीमा तयार पारेको भन्दै रिट परेको छ।

अधिवक्ता विश्वास पौडेलले त्रिवि, परीक्षा बोर्ड र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइ नेपाली भाषामा पढाइ हुने विषयको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने माग गर्दै सोमबार रिट निवेदन दर्ता गरेका हुन्। त्रिवि मातहतका आंगिक क्याम्पसमा नेपाली भाषामा पढाइ हुने विषयमा पनि अंग्रेजीमा प्रश्न सोध्नु गैरसंवैधानिक भएको रिटमा उल्लेख छ।

अधिवक्ता पौडेलले अंग्रेजीबाहेक अन्य विषयमा दुवै भाषामा प्रश्नपत्र तयार हुनुपर्ने माग गरेका हुन्। संविधानले देशमा बोलिने सबै भातृ भाषालाई राष्ट्रभाषाको मान्यता दिएको तर, त्यसविपरीत नेपाली भाषामा पढाइने विषयको प्रश्नपत्र अंग्रेजीमा मात्र हुन नहुने रिट निवेदकको जिकिर छ।

नागरिक

विशेष