विदेश मुख्य समाचार

डोनाल्ड ट्रम्पका सल्लाहकारले भने: 'रुसीहरुसँग अनुचित सम्बन्ध राखेको छैन'

डोनाल्ड ट्रम्पका सल्लाहकारले भने: 'रुसीहरुसँग अनुचित सम्बन्ध राखेको छैन'

साउन १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुस्नरले रुसीहरुसँग अनुचित सम्बन्ध नराखेको र आफ्नो व्यापारमा रुसी लगानी प्रयोग नगरेको बताएका छन् ।

सिनेटमा उपस्थित हुनुअघि कुस्नरले एउटा लिखित वक्तव्य जारी गर्दै आफू अनुसन्धानकर्तासँग खुशीका साथ जानकारी बाँड्न तयार रहेको र आफूले लुकाउने कुरा केही नभएको बताएका हुन् ।

गतवर्षको निर्वाचनमा रुसी हस्तक्षेपमाथि अमेरिकाका दुवै सदन र एउटा विशेष कमिटीले अनुसन्धान गरिरहेको छ ।

उनले चुनावी अभियानका क्रममा चार पटक रुसी प्रतिनिधिहरुसँग सम्पर्क राखेको बताएका छन् । गत वर्षको जुनमा रुसी वकिल नातालिया भेसेल्नित्स्कायासँग भेटेको भने उनले स्वीकार गरे ।

ती वकिलले हिलारी क्लिन्टनको अभियानलाई क्षति पुर्‍याउने सामग्री दिने वाचा गरेको बताइएको छ ।

तर कुश्नरले आफू त्यो बैठकमा ढिलो पुगेको र त्यहाँ खासै महत्वपूर्ण कुरामाथि छलफल नभएको थाहा पाएपछि आफूले समय बर्बाद गरेको जस्तो लागेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार रुससँग सहकार्य गरेको अस्वीकार गरेका छन् भने रुसले पनि आफू संलग्न नभएको बताएको छ ।

विशेष