विदेश

अपहरणमा परेकी युवतीको दर्दनाक बयान, १ सय ५० केटीको समुहबाट थुतेर लग्यो, दिनदिनै बलात्कार ग-यो

अपहरणमा परेकी युवतीको दर्दनाक बयान, १ सय ५० केटीको समुहबाट थुतेर लग्यो, दिनदिनै बलात्कार ग-यो


साउन १० । सन् २०१४ मा तथाकथित इस्लामिक स्टेटका आतंकारीले इराकको जातीय कुर्दिस समुह याजिदिसमाथि आक्रमण गरे । कतिपय उनीहरुको आक्रमणबाट बच्नका लागि भागे र सफल पनि भए । तर कतिपय भाग्न सकेनन् । आतंकवादी आईएसका लडाकुले भाग्न नसकेका त्यहाँका पुरुषहरुको हत्या गरे भने महिला र बालबालिकालाई नियन्त्रणमा लिए ।

आफ्नै धर्म मान्ने करिव ५ लाख जनसंख्या भएको उक्त जातीय समुदायलाई इस्लामिक स्टेट समाप्त पार्न चाहन्थ्यो । पुरुषहरुको हत्यागरेपछि महिला र बालबालिकालाई नियन्त्रणमा मात्र लिइएन, सबैप्रति नारकीय व्यवहार भयो । महिलाहरु सबैको चरम यौन शोषण भयो ।

त्यसमध्ये इख्ल्हास एक हुन, जो त्यसबेला १४ बर्षकी थिइन् । उनले माउण्ट सिन्जारतर्फ भाग्ने कोशिश गरिन् तरे भाग्न सकिनन् । उनी समातिइन र ६ महिनासम्म उनलाई यौन दासीका रुपमा राखियो । उनी भन्छिन– ‘हरेक दिन ६ महिनासम्म उसले मलाई बलात्कार गर्यो । मैले आत्माहत्या गर्ने प्रयास गरेँ ।’

बीबीसीसँगको अन्तर्वार्तामा उनी भन्छिन, ‘उसले मलाई १५० जना केटीहरुको समुहबाट थुतेर लग्यो । लामो कपाल भएको उ राक्षस जस्तो कुरुप थियो । उ अत्यन्तै दुर्गन्धित थियो । म यति त्रसित भएकी थिएँ कि उसलाई हेर्न पनि सक्दिनँथेँ । म सँधै रोईरहेकी हुँन्थेँ ।’

इख्ल्हास अहिले जर्मनीको एउटा साइक्याट्रिक अस्पतालमा बस्छिन् । जहाँ उनी शिक्षा प्राप्त गरिरहेकी छिन् भने थेरापीसमेत भईरहेको छ । उनी वकिल भन्ने आशा राख्छिन् ।

विशेष