श्रीमतीसँगको झगडापछि छोरीकै सामू सेती नदीमा हामफाली बेपत्ता
साउन ११ । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् ।
सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा त्यतिकैमा उनी एकाएक नदीमा हामफालेका थिए ।
छोरीको हारगुहारपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले खोजी गरेपनि रातिसम्म भेट्टाउन नसकिएको र आज पनि खोजी कार्य जारी राखिने प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।