News

सञ्जयको निधनको २० दिनपछि उनका छोराको पनि निधन

सञ्जयको निधनको २० दिनपछि उनका छोराको पनि निधन

साउन ११ । कीर्तिमानी आरोही तथा अल्ट्राधावक सञ्जय पण्डितको निधनको २० दिनपछि उनका छोराको पनि निधन भएको छ ।

पतिको निधनको शोकमा डुबेकी पत्नी कञ्चनले आफनो नवजात छोरालाई असार २२ मा गुमाइन् । सञ्जयको निधन असार २ मा भएको थियो । सञ्जय हिमाल आरोहणका लागि अमेरिका अलास्का जाँदा यता पत्नी कञ्चन भने गर्भवती थिइन् । सञ्जयको निधनको १२ दिनपछि उनको छोरा जन्मेका थिए । तर उनको पनि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उनको छोराको निधन भएको हो । कञ्चनले असार १४ मा छोरालाई जन्म दिएकी थिइन । सञ्जयको नासोको रुपमा रहेको छोराको समेत निधन भएपछि अहिले पण्डित परिवार शोकमा डुबेको छ ।

सञ्जयको विवाह चार वर्ष अघि भएको थियो ।

तीन छोरामध्ये सञ्जय कान्छा थिए । उनका जेठा दाजुको पनि हृदयघातका कारण निधन भइसकेको छ । कान्छा सञ्जयको पनि निधन भएपछि दुःखको कुनै सीमाना नै पण्डित परिवारमा छैन ।

सञ्जयकी पत्नी कञ्चन काठमाडौंको नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । वुवा मिश्रण पण्डित पूर्व शिक्षक हुन् । आमा पार्वत आदर्श आधारभुत विद्यालय खप्रेङखोला धर्मावतीमा पढाउँछिन् । माइला दाजु सुरेन्द्र गंगा मावि बाहानेमा पढाउँछन् ।

सातै महादेशका अग्ला हिमाल चढ्ने अठोट लिएका सञ्जयका लागि लाखौ रुपैया ऋण गरेर उनको परिवारले खर्च धानेको थियो ।

विशेष