विदेश

मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने

मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने

 

साउन - ११ । आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना अघि गरिएको एक सर्वेक्षणले फेरी पनि जर्मन चान्सलर एन्जेला मार्केल नै सवैभन्दा बढी लोकप्रिय देखिएकी छिन् । 

निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौँथो कार्यकालका उन चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ । अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ । त्यसैगरी पूर्व राष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ । 

अन्य उम्मेदवारको तुलनामा मार्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ । १२ वर्षदेखि जर्मन चान्सलर रहनु भएकी मार्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन रहेको छ । बामपन्थी पार्टी लिङ्कले नौ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले आठ प्रतिशत समर्थन पाएका छन् । त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले सात प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ ।

विशेष